गोरखा । लायन्स क्लब अफ गोरखाकालिकाको अध्यक्षमा सरिता मास्के सर्व सम्मत रुपमा चयन भएकी छिन् ।
क्लबको हिजो सदरमुकाममा भएको भेलाले मास्केलाई अग्रेजी बर्ष २०२५–०२६ को लागि अध्यक्षमा सर्व सम्मत रुपमा चयन गरेको सचिव लक्ष्मी श्रेष्ठले जानकारी दिइन ।
सोही भेलाले प्रथम, द्वितिय र तृतिय उपाध्यक्षमा क्रमश.प्रेमिता श्रेष्ठ, सन्तोषी श्रेष्ठ जोशी र लक्ष्मी श्रेष्ठलाई चयन गरेको छ ।
क्लबको सचिवमा पूर्णकुमारी प्रधान शाही (सबिता) र कोषाध्यक्षमा मिमी श्रेष्ठ चयन भएका छन् ।
८ बर्ष अगाडी स्थापना भएको क्लबमा महिला मात्र सदस्य रहेका छन् । क्लबले जिल्ला भित्र शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गर्दै आएको छ ।


