काठमाडौं । काठमाडौं महानगरपालिका–६ कपनस्थित तेन्जिङचोकमा आगलागीमा परेर १ जना महिलाको ज्यान गएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ घर भएकी १८ वर्षीया मुमेन तामाङको आगलागीमा परेर ज्यान गएको हाे ।
तामाङ तेन्जिङचोकस्थित राजेशचन्द्र गिरीको घरमा डेरा गरेर बस्ने गरेकी थिइन् ।
बुधबार साँझ उनको कोठामा आगलागी भएको थियो । लगत्तै उनलाई उद्धार गरेर प्रहरीले उपचारका लागि चाबहीलस्थित ओम अस्पताल पुर्याएको थियो ।
उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।




















