काठमाडाैं। केही दिन यतादेखी नेपालमा प्रदूषिण बढेकाेले सचेत रहन भनिएकाे छ । काठमाडाैं आज प्रदुषित शहरमध्य विश्वको दोस्रो नम्बरमा छ ।
३ दिनयता वायु गुणस्तर अनुगमन प्रणालीले काठमाडाैंका विभिन्न ठाउँमा अति हानिकारक वायुको गुणस्तर सूचक (एक्युआई) २०० भन्दा माथि देखाइरहेको छ । सूचक घटबढ भइरहन्छ ।
आज बिहान ७ बजे आसपास ‘आईक्यू एअर’को तथ्याङ्कमा २४९ एक्युआईसहित उच्च प्रदूषित शहरको सूचीमा काठमाडाैं विश्वकै दोस्रो नम्बरमा परेको हो ।
मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने गरी वायु प्रदूषण बढ्दो छ । पछिल्ला केही दिनयता प्रदूषणबाट जनजीवन प्रभावित बन्न थालेको भन्दै वातावरण विभागले सचेत हुन आग्रहसमेत गरेको छ ।
एक्युआई ५० सम्म राम्रो, ५१ देखि १०० मध्यम, १०० एकदेखि १५० संवेदनशील समूहका लागि अस्वस्थ र त्यसमाथि २०० सम्म अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ तथा त्यसभन्दा माथि खतरनाक तहमा पुगेको सङ्केत मानिन्छ ।
वायु प्रदूषणका कारण छालामा एलर्जी हुने, दम र श्वासप्रश्वासका समस्या आउने र पुराना बिरामीलाई झन् समस्या पर्ने, विद्यालयमा पढ्न गएका बालबालिकाको स्वास्थ्यमा समस्या बढ्ने लक्षण उच्च वायु प्रदूषणले निम्त्याउने भएकाले सजग रहन विभागले अनुराेध गरेकाे हाे ।
विभागले सकेसम्म बिहान र बेलुका बाहिर हिँडडुल नगर्ने र अत्यावश्यक काममा हिँड्दा मास्क लगाएर हिँड्न सुझाव दिएको छ ।


