मकवानपुर । ईन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीस्थित कुलेखानी खोला नजिकै दहमा पाैडी खेल्ने क्रममा डुबेर ३ जना बालकको ज्यान गएकाे छ ।
सोमबार पाैडी खेल्न गएका तिनै जनाकाे उपचारकाे क्रममा ज्यान गएकाे मकवानपुर प्रहरीले पुष्टी गरेकाे हाे ।
ज्यान गुमाउने हुनेहरूमा ईन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरी १५ वर्षीय सुशान्त आचार्य, काभ्रे नमोबुद्ध नगरपालिका-१० फुलबारी दाप्चा घर भएका १४ वर्षीय प्रवेश घोरासैनी र उनकै भाई ११ वर्षीय प्रभात घोरासैनी रहेका छन् ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनीहरूको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा उपचारको क्रममा ज्यान गएको हो । प्रहरीले घटनाकाे अनुसन्धान गरिरहेको जनाएकाे छ ।


