फाईल तस्बिर
एजेन्सी । भारतको पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको ज्यान गएको छ ।
सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर विस्फोट भएको बीबीसीले जनाएकाे छ ।
विष्फोटमा परी ज्यान गुमाउनेमा ४ जना बालबालिका र २ महिला रहेका छन् ।
घटनास्थलबाट सबै शवहरू निकालिएको जनाइएको भारतीय प्रहरीले जनाएकाे छ ।


