काठमाडाैं । आज कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा मौसम औशिक बद्लीको सम्भावना छ । कोशी र गण्डकीको हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा पनि मौसम आंशिक बदली हुनेछ ।
मधेश प्रदेशसहित सबै प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ । यस्तै बागमती र सुदूरपश्चिम प्रदेशको धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहने छ ।
आज राति सबै प्रदेशको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।
यसैबीच आज पनि काठमाण्डौको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार आज काठमाण्डौको वायु अस्वस्थकर तहमा पुगेको छ ।


