प्रतिकात्मक तस्बिर
गोरखा । गोरखामा शारीरिक रुपमा असक्त महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–८ पन्द्रुङका ४२ बर्षिय सुचन्द्र गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
गुरुङले चैत्र १४ गते दिउसो २ बजेको समयमा स्थानिय १९ बर्षिया महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको हो । जन्मजात शारीरिक रुपमा असक्त उक्त महिलालाई बलात्कार गरेकोभन्दै उनका आफन्तले प्रहरीमा किटानी जाहेरी दिए लगत्तै गुरुङलाई चैत्र १५ गते पक्राउ गरीएको थियो ।
१६ गते शनिबार परेका कारण गुरुङलाई १७ गते आइतबार जबरजस्ती करणी शिर्षक मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानकालागी म्याद थप गरीएको सूचना अधिकारी सुवेदीले बताए ।
प्रहरीले पक्राउ परेका गुरुङका सम्वन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ ।


