काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज साँझ बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लाई निषेध गरिएको छ ।
गणतन्त्र पक्षधर भनिएको सर्वदलीय बैठकमा राप्रपा र रास्वपा दुवैलाई नबोलाइएको हाे ।
शुक्रबार राजधानीको तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि प्रधानमन्त्री ओलीले गणतन्त्र पक्षधरहरूको बैठक बोलाएका हुन् ।
राप्रपा राजावादी भए पनि रास्वपा गणतन्त्रलाई स्वीकार गरेर खोलिएको दल हो ।
यद्यपि यी दुवै दल अहिले ओली सरकारप्रति संसद् र सडकमा कडा रूपमा प्रस्तुत हुँदै आएकाले पनि नबाेलाइएकाे अनुमान गरीएकाे छ ।


