गोरखा । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको समावेशी उपाध्यक्ष पदमा गोरखाका दिपक श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
आइतबार मनोनयन दर्ता हुँदा तोकिएको समयमा उनको मात्र एकल उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित भएका हुन् ।
उनी यस अघि गण्डकी प्रदेशका इन्चाज थिए । उनी गोरखामा रहेको सामुदायिक रेडियो रेडियो मनास्लुका स्टेशन म्यानेज हुन भने उनी आफैले नागरिक अनलाइन डटकम समेत सञ्चालन गर्दै आएका छन् ।
प्रेस सेन्टरमा धेरै पदहरुमा सहमति जुट्न नसकेपनि नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनमा अध्यक्षका लागि कमल गिरी र दीपेन्द्र रावल प्रतिस्पर्धामा छन् ।


