फाईल तस्बिर
काठमाडाैं । संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईले आफू कही नभागेकाे, काठमाडाैंमै रहेको बताएका छन् ।
फेसबुक लाइभमा आएका प्रसाईले आफू ज्यान जाेगाउनका लागि काठमाडाैं भित्रकै एक मन्दिरमा लुकेर बसेकाे र नभागेकाे बताएका हुन् ।
प्रदर्शनका क्रममा सरकारले आफूलाई मार्ने योजना बनाएकोले प्रहरीको घेरा तोडेर भागेको प्रसाईंकाे दाबी छ । शुक्रवार तीनकुनेमा भएकाे राजावादीकाे हिंसात्मक झडपपछि उनी फरार छन् ।


