गाेरखा । काठमाडौंको नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिकै गएराति भएको गाडी दुर्घटनामा परी गाेरखाका १ जनाको ज्यान गएको छ ।
धादिङबाट काठमाडौं तर्फ जादै गरेकाे प्र ३–०१–०२४ च ८३२२ नम्बरको खसी बोका बोकेको टाटा गाडी साइड दिने क्रममा रोडबाट अन्दाजी ४०० मिटर तल खसेको थियो ।
साेही दुर्घटनामा परी गोरखाका ५० वर्षीय गोकुल पाण्डेको ज्यान गएकाे हाे । राति ८ः ५० बजे दुर्घटना भएकोमा परी उनी गंभिर घाईते भएका थिए । उनकाे उपचारको लागि अस्पताल पुर्याइएकाे भएता पनी राति १०ः२२ बजे चिकित्सकहरुले मृत्त घाेषित गरेका थिए ।
सो दुर्घटनामा गोरखाकै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् ।


