काठमाडाैं । काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बुझाउन निर्मल निवास पुगेकाे पत्र बुझन मानेन । महानगरकाे टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइ छ ।
आइतबार बिहान काठमाडौं महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेपनि महानगरको टोलीलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो । महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले निर्मल निवासले पत्र बुझ्न नमानेपछि अर्को प्रक्रियामार्फत पत्र बुझाइने बताए ।
उनका अनुसार अब हुलाक लगायत अन्य प्रक्रियाबाट पत्र बुझाइने छ । चैत १५ गते तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीले गरेको प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना तोक्दै महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।



