अर्घाखाँची । जिल्लाकाे भूमिकास्थान नगरपालिकामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको ज्यान गएको छ ।
झिमरुक नदी र छिर्लिंग खोलाको दोभानको रहमा पौडी खेल्दा डुबेर भुमिकास्थान–१० धनचौर पुयापाटाका १९ वर्षीय दिलिप नेपाली र १७ वर्षीय अशोक नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पुष्टी गरेकाे हाे ।
दिलिप र अशोक हिजो पौडी खेल्न रहमा पुगेका थिए । प्रहरीले घटनाकाे अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।


