गोरखा । गोरखा सदरमुकाममा रहेको शक्ति माध्यामिक बिद्यालयको ब्यवस्थापन समिति चयन गरीएको छ ।
शनिबार बिद्यालयमा भएको अभिभावकहरुको भेलाले दिपेन्द्र श्रेष्ठलाई सर्व सम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
भेलाले सदस्यहरुमा जमिल मियाँ, प्रवेश शाही, सुमित्रा श्रेष्ठ र स्मृती खनाललाई चयन गरेको बिद्यालय प्रशासनले जानकारी दिएको छ ।
भेलाले गुणस्तर लेखाजोखा तथा सपरीवेक्षण समिति समेत चयन गरेको छ । जसको अध्यक्षमा नारायणबावु दानी र सदस्यहरुमा अनिषा श्रेष्ठ, हमिदा खातुन र बिजय ज्ञवालीलाई चयन भएका छन् ।
अध्यक्षमा चयन भएका श्रेष्ठ स्थानिय बासिन्दा हुन् ।


