काठमाडाैं । आज कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । दुवै प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना पनी रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशमा पश्चिमी वायुको प्रभाव रहेकाले आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली छ । तराई क्षेत्रको मौसम आज सफा छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहने अनुमान छ ।


