एजेन्सी । म्यानमारमा शुक्रबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ । रोयटर्सका अनुसार म्यानमारको सैन्य सरकारले २ हजार ३०० भन्दा बढी घाइते भएको जानकारी दिएको हो ।
भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १० हजार नाघ्न सक्ने बताइएको छ । यो आशंका संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले व्यक्त गरेको हाे । भूकम्पको धक्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो ।
अर्कोतर्फ, थाइल्याण्डको राजधानी बैंककमा ३० तले भवन भत्किएको छ । यसमा १० जनाको ज्यान गएको छ । शुक्रबार बिहान म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । यो २०० वर्षमा म्यानमार र थाइल्याण्डमा गएको सबैभन्दा ठूलो भूकम्प हो ।
ठूलो विनाशका कारण म्यानमारका ६ राज्य र सम्पूर्ण थाइल्याण्डमा आपतकाल घाेषणा गरीएकाे छ ।


