काठमाडौं । राजावादी आन्दोलनलाई उत्तेजित बनाउने १ जना विवादास्पद धर्मगुरु पक्राउ परेका छन् ।
शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेकाे हो ।
उनलाई प्रहरीको विशेष टोलीले इमाडोलस्थित १ घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनले आन्दोलनका क्रममा ढुंगा हानेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
खतिवडा विवादास्पद धर्मगुरु हुन् । उनी यसअघि पनि पक्राउ परेका थिए ।



