काठमाडौं । राजावादी आन्दोलनको मूल नेतृत्व गरिरहेका उच्च तहका नेताहरूलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीका अनुसार, राजावादी आन्दोलनमा खटिएका राप्रपाका २ शीर्ष नेताहरु रबिन्द्र मिश्र र धवल शम्सेरलाई प्रहरीले शुक्रबार साँझ प्रकाउ गरेको हाे ।
पक्राउ परेका राप्रपा वरिष्ठ नेता रविन्द्र मिश्रका अनुसार ललितपुरको बीएण्डबी अस्पतालमा भर्ना भएका केही घाइतेलाई भेटेर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले सोही अभियानका अन्य नेताहरू स्वागत नेपाल, सन्तोष तामाङ र जेफर लिम्बु लगायत ५ जनालाई पनि पक्राउ गरेको जनाएकाे छ ।
उता, सोही अभियानका संयोजक नवराज सुवेदीलाई भने घरमा नै नजबन्दमा राखिएकाे छ ।
उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अहिले प्रहरीले पक्राउ नगरेको र अवस्था हेरेर आवश्यक निर्णय लिने बताएको छ ।
शुक्रबार दिउँसो तीनकुनेमा प्रसाईंको कमाण्डमा भएको हिंसात्मक प्रदर्शनका कारण अवस्था तनावग्रस्त बन्न पुगेको थियो ।
उता मोर्चाको कमाण्ड सम्हालेका प्रसाईंको शुक्रबार दिउँसैबाट खोजी भइरहेको छ । तर, उनी राति अबेरसम्म पनि प्रहरीले भेटिएका छैनन् ।


