काठमाडौं । राजाबादी आन्दाेलनका क्रममा प्रहरीकाे गाेली लागेर १ जना युवककाे ज्यान गएकाे छ । उनकाे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारकाे क्रममा ज्यान गएकाे हाे ।
ज्यान गुमाउने युवक कीर्तिपुरका २९ वर्षीय सविन महर्जन भएको गृह मन्त्रालयका सह-सचिव छवि रिजालले जानकारी दिए । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा महर्जन घाइते भएका थिए ।
त्रिवि शिक्षण अस्पतालकाे प्रशासनले दिएकाे जानकारी अनुसार मृत्तक ब्यत्तीकाे घाँटीमा गोली लागेकाे छ ।


