काठमाडौं । काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको छ ।
राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले जानकारी दिइन् ।
आगजनी हुन थालेपछि स्टाेर काेठाबाट भागेर सबैले ज्यान जाेगाएकाे थिए ।
स्टोरमा प्राय गरी प्रज्जवनशील पदार्थहरू रहेकाले त्यहाँ आगो लाग्यो भने ठूलो विस्फोट हुने डा.यादवले बताइन् । विस्फोट भएमा जुडीबुटी क्षेत्रमै ठूलो क्षति हुने उनको भनाइ छ ।




















