काठमाडौं । शुक्रबार बिहान म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको छ ।
समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटर गहिराइमा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार भूकम्पपछि थाइल्यान्डको राजधानी बैंककमा भएका केही ठुला भवन ढलेका छन् । हजाराै मानिसहरू भवनबाट बाहिर निस्किएका थिए ।
बैंककमा प्रत्यक्षदर्शीहरूका अनुसार, मानिसहरू आतंकित हुँदै सडकमा निस्किए छन् ।
भूकम्पले पुर्याएकाे क्षतीकाे बारेमा भने विवरण आउन बाँकी छ ।


