साँकेतिक तस्बिर
दाङ । भारतमा तीर्थ गर्न गएका दाङ तुलसीपुरका ४ जनाको दुर्घटनामा परि ज्यान गएको छ ।
तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको थियाे ।
दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित ४ जनाको ज्यान गएको हाे ।
अन्य २ जनाको पहिचान खुल्न सकेकाे छैन । ज्यान गुमाउने अन्य २ जना पनि तुलसीपुर निवासी नै रहेको अनुमान गरीएकाे छ ।
उक्त स्कारपियाेमा ९ जना सवार रहेको र सबै तुलसीपुरकै भएको हुन सक्ने भनिएकाे छ । गाडीमा सवार अन्य ५ जना घाइतेहरुको भारतमै उपचार भइरहेको छ ।


