हेटाैडा । मकवानपुरकाे लाेथर बजारमा बसको ठक्करबाट म्याजिक चालकको ज्यान गएको छ । आज बिहान ३:१५ बजे मकवानपुरको मनहरी गाउँपालिका-६ लोथर बजारस्थित पूर्व-पश्चिम सडक खण्डमा बसको ठक्करबाट म्याजिक चालक मकवानपुरकै राक्सिराङ गाउँपालिका- ४ का ३२ वर्षीय सन्देश कोइरालाको ज्यान गएकाे मकवानपुर प्रहरीले जनाएकाे हो ।
हेटाैडाबाट चितवन तर्फ जाँदै गरेको बा. प्र. ०३-००१ च ३०१२ नम्बरको म्याजिक गाडीलाई चितवनबाट हेटौडा आउदै गरेको बा. प्र. ०३-००६ ख ५६८१ नम्बरको बसले ठक्कर दिदा कोइराला गम्भीर घाइत भएका थिए । उनकाे चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारकाे क्रममा बिहान ४:१५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएकाे हाे ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । कोइरालाको ज्यान गए लगत्तै स्थानीयले सडक अवरोध गरेका छन् । स्थानीयको अवरोधका कारण नारायणघाट-हेटौंडा सडकमा यातायात अवरूद्ध भएको छ ।
प्रहरीले पिडित संग छलफला भइरहेकाेले यातायात अवराेध केही बेरमा खुल्ने अनुमान गरीएकाे छ ।


