काठमाडाैं । आज देशका धेरै ठाउँको मौसम मुख्यतया सफा रहेको छ । मधेश प्रदेशसहित सबै प्रदेशको तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशैभरको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भेगमा भने मेघगर्जन र चट्याङसहितको हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ ।
देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको महाशाखाको भनाइ छ । प्रिमनसुन भएकाले बेलुकीपख काठमाडाैं उपत्यकासहित तराईका केही ठाउँमा सामान्य हावाहुरी चल्न सक्ने अनुमान छ ।


