अर्घाखाँची । अर्घाखाँचीको भुवनपाटामा हिजो बेलुकी भएको बस दुर्घटनामा ४ जनाको ज्यान गएको छ । साेही दुर्घटनामा परी अन्य २७ जना घाइते भएका छन् ।
दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका-८ की ५५ वर्षीया जमुना वस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षकी उमा न्यौपाने, उनकी ६५ वर्षीया सासु (नामथर नखुलेकी) र पश्चिम बर्दघाट बस्ने अन्दाजी ४५ वर्षीय गाडी चालक मदन कुमार बिकको ज्यान गएको प्रहरीले जानकारी दिएकाे छ ।
शितगंगा नगरपालिका २ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । अरु घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।
सुपा मन्दिर दर्शन गरी नवलपरासीको लागि जाँदै गरेको बस अचानक अनियन्त्रित भई सडकदेखि अन्दाजी २५ मिटर तल खसेको प्रहरीको जानकारी दिउकाे छ ।


