गोरखा । गोरखाको थुमीमा नुहाउने क्रममा नदीले बगाउदा १ जना बालकको ज्यान गएको छ । ज्यान गुमाउने बालक आरुघाट गाउँपालिका–१ मान्बुका १६ बर्षिय युनिष गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार हिजो बुधबार साँझ ६ः३० बजेको समयमा आरुघाट गाउँपालिका–४ को थुमी स्थित बुढी गण्डकी नदीमा पौडी खेल्न गएका गुरुङलाई नदीले बगाउदा ज्यान गएको हो ।
एसईई परिक्षाकालागी केही दिन अगाडी मात्र थुमी बस्दै आएको पनि सूचना अधिकारी सुवेदीले बताए ।
गुरुङलाई नदीले १ किलो मिटर तलसम्म बगाएर लगेको थियो । घटना लगत्तै ईलाका प्रहरी कार्यालय आरुघाटको टोलीले मृत्त अवस्थामा उनलाई फेला पारेको थियो ।
मृत्तक गुरुङको शव आवश्यक कानूनी प्रकृया पुरा गरेर आज परिवारको जिम्मा लगाउने तयारी भएको छ । घटनाका सम्बन्धमा गोरखा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


