गोरखा । भिमसेन थापा गाउँपालिकाको अश्राङमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको छ । यसै हप्ताको शनिबार अश्राङमा निःशुल्क मुटु स्वास्थ्य शिविर गर्न लागिएको सहजकता परशुराम पन्तले जानकारी दिए ।
संम्भव नेपाल नामक गैर सरकारी संस्थाको आयोजनामा हुने शिविर चैत्र १६ गते शनिबारका दिनमा शहिद स्मृती आधारभूत अस्पताल अश्राङ हुन लागेको हो ।
भिमसेन थापा गाउँपालिकाको समन्वय, त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग र जयन्ती मेमोरियल ट्रष्टको सहयोगमा शिविरको आयोजना गरीएको सहजकता पन्तले बताए ।
त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ डा.चन्द्रमणी पौडेलको नेतृत्वमा आउने चिकित्सकहरुको टोलीले शिविरमा आउने सेवा ग्राहीहरुको स्वास्थ्य जाँच गराइने पनि उनले बताए ।
डा.पौडेलको नेतृत्वमा १६ जनाको चिकित्सक टोली सहभागी हुने छ । शिविरमा ७०० जनाले सेवा लिने अनुमान गरीएको छ ।
आयोजक संस्थाले उक्त दिन मुटु रोग सम्बन्धि बिरामीहरुले शिविरमा आएर सेवा लिन अनुरोध समेत गरेको छ ।


