गोरखा । सिरानचोक गाउँपालिकाको गाँखु स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । एक दिने शिविरमा १८७ जनाले सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाको आयोजनामा भएको शिविरमा चिकित्सक डा.गुणराज लोहनीले सेवा ग्राहीहरुको स्वास्थ्य जाँच गरेका थिए ।
शिविरमा आएका मध्य १६६ जनाले प्रयोगशाला, ३५ जनाले मुटुको ईसिजी सेवा लिएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए ।
सेवा लिन आएका सबै बिरामीलाई औषधी समेत निःशुल्क बितरण गरीएको उनले जानकारी दिए ।



