गोरखा । गोरखा सदरमुकाममा आज बिहान भएको सडक दुर्घटनामा परी वडा सचिव घाईते भएका छन् । दुर्घटनामा परी गोरखा नगरपालिका–१ का सचिव रमन कट्टेल घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार गोरखा नगरपालिका–८ को खोलखोलेमा बिहान ९ः३० बजे गोरखा बजारबाट कार्यालय तर्फ जादै गरेको ग. २४ प ५९५५ को स्कुटर र गोरखा बजार तर्फ आउदै गरेको ग. १ त ३८७३ नम्बरको ट्याक्टर एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
घाईते कट्टेलको गोरखा अस्पतालमा उपचार भई रहेको र उनको अवस्थामा सामान्य रहेको पनि उनले बताए ।
दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको पनि उनले जानकारी दिए ।
तस्बिर : रामकाजी खत्री


