साँकेतिक तस्बिर
गाेरखा । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कसुर गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले गाेरखाका १ जना सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखाकाे अजिरकोट गाउँपालिका-३ हशपुर घर भई काठमाडौं तारकेश्वर नगरपालिका-४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी र मोरङ रंगेली नगरपालिका-७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ४५ वर्षीय बिकाश भारती रहेकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएकाे छ ।
उनीहरुले बुद्ध एयरको हवाई टिकट खरिद बिक्रीको लागि अनलाईन कम्प्युटर प्रणालीमा अनाधिकृत रूपमा पहुँच पुर्याई अवैध लाभ लिने कार्यमा संलग्न रहेकाे पाइएकाे उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएकाे हाे ।
दुवै जनालाई प्रहरीले काठमाडौं महानगरपालिका-९ गौशाला बत्तिसपुतलीबाट पक्राउ गरेको हो । उनीहरूलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


