मुग्लिन । मुग्लिन–नारायणगढ सडकखण्डको १४ किलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको ज्यान गएको छ । साेही दुर्घटनामा परी सह-चालक घाइते भएकाे मुग्लिन प्रहरीले जनाएकाे छ ।
दुर्घटना आज बिहान करिब ६:३० बजे भएकाे हाे । दुर्घटनामा बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका रामनारायण यादवको ज्यान गएको र सहचालक रौतहटकै असुन्द्र कुमार यादव घाइते भएका छन् ।
चालककाे उपचारकाे क्रममा बिहान ८ः२० बजे ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ ।


