गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी नायव निरीक्षक मिलन पन्थ ‘बेष्ट पुलिस अफ द मन्थ’ घोषित भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले हरेक महिना घोषणा गर्दे आएको ‘बेष्ट पुलिस अफ द मन्थ’ फागुन महिनामा उत्कृष्ट कार्य सम्पादनका आधारमा प्रहरी नायव निरीक्षक पन्थलाई उत्कृष्ट प्रहरी घोषित गरिएको कार्यालयले जनाएको छ ।
उनलाई आज कार्यालयमा भएकाे एक कर्याक्रमका बीच जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) बासुदेव पाठकले नगद पुरस्कारसहित सम्मान गरको जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
जिम्मेवारी र दायित्वलाई इमान्दार, बफादार, कर्तव्यनिष्ठताका साथ उच्च अनुशासनमा रही उत्कृष्ट ढंगबाट कार्य सम्पादन गरेकाले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको सूचना अधिकारी सुवेदीले बताए ।
उत्कृष्ट प्रहरी घोषित पन्थले पछिल्लाे समय गाेरखा नगरपालिका-१२ मा भएकाे श्रृखलाबद्ध चाेरीकाे घटनाकाे सुक्ष्म रुपमा अनुसन्धान गरी अपराधी पत्ता लगाएकाेमा सम्मानकालागी प्रदेश प्रहरी कार्यालयमा सिफारीस गरीएकाे थियाे । प्रदेशबाट फागुन महिनामा तनहुँकाे आँबुखैरेनीमा कार्यरत प्रनिलाई सम्मान गरीएपछी उनलाई कार्यालयले नै याे सम्मान गरेकाे हाे ।


