बाँके । पानी बोक्ने ट्याङ्करको ठक्करबाट २ जना बालकको ज्यान गएकाे छ । घटना लगत्तै बाँकेको डुडुवा गाउँपालिका-२ बेतहनी तनावग्रस्त बनेको छ ।
हिजो दिउँसो ट्याङ्करको ठक्करबाट ८ र ९ वर्षका २ दाजुभाइको ज्यान गएपछि स्थानीयबासिन्दा प्रदर्शनमा उत्रिएका हुन् ।
स्थानीय बासिन्दाले ट्याङ्करमा आगजनी गरिदिएका छन् । प्रदर्शनमा उत्रिएका स्थानीयबासिन्दा र प्रहरीबीच झडप भएको थियाे ।
स्थानीयबासिन्दाले चालकलाई कारबाहीको माग गरेका छन् । प्रहरीले दर्जनौं सेल अश्रुग्यास र हवाइफायरसमेत गरेको थियाे ।


