एजेन्सी । चीनले क्यानडाका ४ जना नागरिकलाई मृत्युदण्ड दिएको छ ।
क्यानडाका विदेशमन्त्री मेलानी जोलीले पत्रकारहरूसँग कुरा गर्दै मृत्युदण्ड दिएका चारै जनासँग २ देशको नागरिकता रहेको र उनीहरूका परिवारको अनुरोधमा पहिचान गोप्य राखिएको बताएको बीबीसीले जनाएको छ ।
जोलीले यो सजाय मौलिक मानवीय गरिमा विपरीत रहेको पनि बताए ।
यस्तै क्यानडामा रहेको चिनियाँ दूतावासका प्रवक्ताले भने मृत्युदण्ड सजाय सुनाइएका क्यानडाका नागरिकविरुद्ध अपराधको मजबुद प्रमाण रहेकाले गैरजिम्मेवार टिप्पणी बन्द गर्न क्यानडासँग अनुरोध गरेको छ ।
बीबीसीका अनुसार उनीहरूलाई लागूऔषधसम्बन्धी मुद्दामा मृत्युदण्ड दिइएको हो । चीनमा लागूऔषध र भ्रष्टाचार मुद्दामा मृत्युदण्ड दिने दर उच्च छ ।


