प्रतिकात्मक तस्बिर
दमौली । व्यास नगरपालिका–६ शान्तिटोलमा बिषालु च्याउ खाएर बिरामी परेका मघ्य १ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगर भएको जिल्ला प्रहरी कार्यालय तनहुँले पुष्टी गरेकाे हाे ।
गतकाे शुक्रबार राति बिषालु च्याउ खाएर बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका भईरहेका नारायणको सोमबार ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी अशोक थापाले बताए ।
उनका अनुसार बिरामी परेका अन्य ९ जनाको अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए ।


