काठमाडाैं । आज कोशी र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । कोशीको तराई क्षेत्रमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रही थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै मधेशका थोरै ठाउँमा पनि आज हावाहुरी चल्ने सम्भावना छ । दिउँसोपछि गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । उच्च पहाडी तथा हिमाली भेगकाे केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।


