गोरखा । भाेली हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिएसँगै गोरखाका क्याम्पसमा यसको सरगर्मी पनि बढ्न थालेको छ । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न यतिबेला विद्यार्थी सङ्गठन अन्तिम तयारीमा जुटेका छन् ।
देख्दा विद्यार्थी सङ्गठनको चुनाव भए पनि यसको रन्को मातृ पार्टीसम्म पुगेको छ । गोरखाको गोरखा क्याम्पस र द्रव्यशाह बहुमुखी क्याम्पसमा भोली स्ववियुको निर्वाचन हुँदैछ । निर्वाचनको नजिता आफ्नो पक्षमा पार्न गोरखामा सत्ता गठबनन्धन पक्ष र प्रतिपक्ष समाजवादी मोर्चाको २ वटा गठबन्धन बनाएर विद्यार्थीहरु स्ववियुको निर्वाचन होमिएका छन् ।
स्ववियु निर्वाचन चैत ५ गते सम्पन्न हुँदै छ । एकातिर विद्यार्थी सङ्गठनको हक–अधिकार सुनिश्चित गर्नुपर्ने र अर्कोतर्फ आफैँमा नेतृत्व क्षमता विकास गर्ने अवसरका रूपमा विद्यार्थी सङ्गठनले यस निर्वाचनलाई प्रयोग गर्न खोजेका छन् ।
निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीबाट हुने छ । स्ववियु निर्वाचन कार्यसमितिको कार्यकाल २ वर्षको हुने छ । यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । चैत ५ गते ठिक २ वर्ष पुग्छ । कानुनी जटिलता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्ने निर्णय त्रिविले गरेको हो ।


