ललितपुर । ललितपुरकाे केही क्षेत्रमा पनि स्थानिय प्रशासनले २ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेकाे छ ।
पुल्चोकमा रहेको यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीमा रहेको नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, ललितपुरले जनाएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य–मुख्य प्रशासनिक केन्द्र र यो आसपासका क्षेत्रमा हिजो निषेधाज्ञाको आदेश जारी गरेका हुन ।
निषेधाज्ञा जारी भएका क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।



