काठमाडाैं । पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही स्थानमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।
पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।


