चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने युवक पक्राउ परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बमलाई आज भरतपुर बिमान स्थलबाट प्रहरीले पक्राउ गरेकाे हाे ।
काठमाडौं जाने तयारी रहेका बमलाई चितवन प्रहरीले पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।
शनिबार मकवानपुरको हेटौंडामा भएको कार्यक्रममा बमले प्रचण्डको तस्वीर जलाएका थिए । राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशका क्रममा उनले प्रचण्डको तस्वीर जलाएका हुन् ।
तस्बिरमा आगो लगाए लगत्तै गणतन्त्र मुर्दावाद भन्दै नारा समेत लगाइएको थियो ।


