प्रतिकात्मक तस्बिर
दाङ । दाङको तुलसीपुरमा घर भित्र ट्याक्टर पस्दा ५ जना घाइते भएका छन् ।
घाईते हुनेहरुमा तुलसीपुर–१७ मानपुरका ५६ वर्षीय रामकृष्ण चौधरी, २० वर्षीया प्रिमा र २८ वर्षीया शान्ता, ४२ बर्षीय भक्तबहादुर खत्री र २८ वर्षीय रामजी गुप्ता घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
लुम्बिनी प्रदेश ००२–००१ त ००८५ नम्बरको ट्याक्टर हिजो बेलुका ७:३० बजे एक्कासी घरभित्र पसेको थियो । घर पूर्णरुपमा क्षती भएको प्रहरीले जानकारी दिएकाे छ ।
दुर्घटनाकाे बेला खाना खाइरहेका ५ जना घाइते भएका हुन् । उनीहरुको तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै सहचालक र चालक फरार भएकाे प्रहरीले उनीहरुकाे खाेजी गरी रहेकेा जनाएकाे छ ।


