एजेन्सी । इराकमा अमेरिकी नेतृत्वको गठबन्धन सेनासँगको सहकार्यमा भएकाे अपरेसनमा विश्वको सबैभन्दा खतरनाक आतंककारी’ मानिएकाे अबु खादिजा मारीएकाे छ ।
इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले सैन्य कारबाहीमा इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) का एक वरिष्ठ नेता मारिएको दाबी गरेका हुन् ।
सुदानीका अनुसार अब्दुल्लाह मक्की मुसलिह अल-रिफालाई इराक र विश्वको सबैभन्दा खतरनाक आतंककारीहरू मध्ये एक मानिन्थ्यो । उनलाई अबु खादिजा पनि भनिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना निडर योद्धाहरूले उनीहरूलाई अथक रूपमा पछ्याएको जिकिर गरेका छन् । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले एक्समा यस कारबाहीको एउटा भिडियो पोस्ट गरेको छ । यो आक्रमण बिहीबार इराकको पश्चिमी अल अन्बर प्रान्तमा गरिएको बताइएको छ ।
रिफाले आईएसको सबैभन्दा वरिष्ठ निर्णय लिने निकायको नेतृत्व गरेको र आईएसको विश्वव्यापी सञ्चालन र योजनाको लागि जिम्मेवार रहेको अमेरिकी केन्द्रीय कमान्डले बताएको छ । उनले विश्वव्यापी आईएस संगठनको लागि कोषको ठुलो हिस्सा पनि व्यवस्थापन गर्थे ।


