प्रतिकात्मक तस्बिर
दमाैली । तनहुँमा बारीमाे उम्रेकाे च्याउ खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् ।
म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जंगली च्याउ टिपेर खादा बिरामी परेका हुन् ।
उनले ब्यास नगरपालिका-६ शान्तिटोलमा रहेकाे मामा ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा आइतबार राति साेही च्याउ ल्याएर पकाएर खाँदा उनीहरू बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उनीहरूलाई उपचारको लागी प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ ।
च्याउ खाएका सबैलाई बान्ता हुने, पखाला लाग्ने तथा रिँगटा लाग्ने जस्ता समस्या देखिएको छ ।
च्याए खाएर ब्यास नगरपालिका-६ बस्ने वर्ष ६३ को गुरुबहादुर पुलामी, वर्ष ३१ को सुरेन्द्र पुलामी, म्याग्दे गाउँपालिका-६ सर्बलाङ बस्ने वर्ष ३० नारायण मगर, वर्ष २३ की पबित्रा मगर, वर्ष ४२ को लितबहादुर थापा, वर्ष ३६ को केशव पुलामी, वर्ष ६५ की सिता पुलामी, वर्ष ४ को सुमित पुलामी, वर्ष ६६ को चक्रबहादुर पुलामी र वर्ष १८ की आरती पुलामी बिरामी परेकाे प्रहरीले जनाएकाे छ ।


