गाेरखा । कैलालीको धनगढी उपमहानगरपालिका-१९ बाइसघरस्थित मोहना नदीमा डुबेर २ जना बालकको ज्यान गएकाे छ ।
ज्यान गुमाउनेमा सोही स्थान बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहरा रहेकाे कैलाली प्रहरीले पुष्टी गरेकाे छ ।
शुक्रबार दिउँसो मोहना नदीमा नुहाउन गएका दुवै जना डुबेर बेपत्ता भएका थिए ।
घटनाबा लगत्तै सशस्त्र प्रहरी बल नेपाल बीओपी लल्लिपुर र बीओपी फुलबारीबाट खटिएको संयुक्त टोलीले उनीहरूको खोजतलास गरेको थियो ।
खोजतलासको क्रममा दुवै जनाको शव बेपत्ता भएको स्थानभन्दा केही तल डुबेको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल नेपालका शसस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापा बताए ।
तस्बिर : शसस्त्र प्रहरी बल नेपाल


