काठमाडाैं । सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज हल्का वर्षा भएको छ । अहिले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्था छ ।
देशका बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागकाे केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनी रहेको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै ठाउँ तथा बाँकी प्रदेशका पहाडी भू-भागकाे केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


