प्रतिकात्मक तस्बिर
दैलेख । दैलेखमा आज रुखले च्यापिदा २ जनाको ज्यान गएको छ ।
जिल्लाकाे भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा दाउराका लागि ढलाएको रुखले च्यापिएर ढागाउँका ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षका इन्द्रबहादुर शाहीको ज्यान गएको हाे ।
छिमेकीको दाउरा काट्न गएका बेला उक्त घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए ।


