काठमाडाैं । देशकाे अधिकांश क्षेत्रमा आकाश खुलेको छ । लगातार २ दिनसम्म पानी परेका कारण केही दिनदेखि घुम्म भएको मौसममा आज सुधार आएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भिजिबिलिटीमा धेरै नै सुधार भएको छ ।
भिजिबिलिटी कम हुँदा अस्ति विमानस्थलको उडान र अवतरण अवरुद्ध भएको थियो । हिजोसम्म १ हजार ५०० सम्म झरेको विमानस्थलको भिजिबिलिटी अहिले भने सामान्य अवस्थाजस्तै ४ हजार पुगेको महाशाखाले जनाएकाे छ ।
आज पनि बेलुकीपख केही स्थानमा हल्का बर्षाकाे सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही ठाउँमा हल्का हिमपात तथा मेघगर्जन र चट्याङसहितको हल्का वर्षाको सम्भावना छ ।


