गाेरखा। हुम्लाबाट छिमेकी देश चीनको ताक्लाकोट जाने क्रममा हिउँमा फसेका ६ जनाको शसस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ ।
जिल्लाकाे नाम्खा गाउँपालिका-६ यारीबाट ताक्लाकोट जान हिँडेका हुम्लाका ६ जना हिल्साको नारालेकको हिउँमा फसेकाहरुकाे सकुशल उद्धार गरीएकाे शसस्त्र प्रहरी बल नेपालका सह-प्रवक्ता एव शसस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
उनीहरू हिउँमा फसेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) हिल्सा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उनीहरूको उद्धार गरेको हो ।
बीओपीबाट करिब १० किलोमिटर पूर्व दक्षिणतर्फ रहेको ठाउँबाट हिजो राती ८ बजे उनीहरूलाई उद्धार गरेर हिल्सातर्फ नै ल्याइएको थापाले जानकारी दिए ।
तस्वीर : सशस्त्र प्रहरी बल नेपाल


