काठमाडाैं । आज देशका केही स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकाे छ ।
हिजो पनि देशका विभिन्न स्थानमा पानी परेको थियो । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै लमजुङमा २० मिलिमिटर पानी परेको महाशाखाले जनाएकाे छ । पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले हिजाे वर्षा गराएको हो ।
प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन र चट्याङसहित दिउँसोतिर पानी पर्ने र रातिको समयमा मौसम सफा रहने महाशाखाले जनाएकाे छ ।


