काठमाडाैं । आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनअन्तर्गत एमाले र माओवादी केन्द्रनिकट विद्यार्थी संगठनहरुले ५० वटा क्याम्पसमा सभापति निर्विरोध जितेको दाबी गरेका छन् ।
स्ववियु निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको थियो । क्रान्तिकारी विद्यार्थी संगठनकाे प्रचार विभागले दिएकाे जानकारी अनुसार देशभर मघ्य २१ क्याम्पसमा आफ्नो संगठनका उम्मेदवार निर्विराेध निर्वाचित भएको जनाएकाे छ ।
क्रान्तिकारले दावी गरेकाे क्याम्पसहरु :
जुगल बहुमुखी क्याम्पस सिन्धुपाल्चोकको अध्यक्षमा सुस्मिता श्रेष्ठ
सितल क्याम्पस चौरजहारी रुकुम पश्चिममा प्रकाश डाँगी
नेत्रावती सामुदायिक क्याम्पस धादिङमा अभिसेक थपलिया
शान्ति आदर्श बहुमुखी क्याम्पस बझाङमा बम धामी
राडी ज्युला शिक्षा क्याम्पस रूकुम पश्चिममा सुप्रिम वली
सुर्योदय क्याम्पस हुम्लामा रिमिलाल बुढा
सिम्रुतु क्याम्पस रुकुम पश्चिमा दिपेन्द्र ओली
गल्बा क्याम्पस हुम्लामा रिमिलाल बुढा
शंकरपुर क्याम्पस दार्चुलामा जानकी टमटा
सहयोगी क्याम्पस काठमाडौंमा प्रदीप श्रेष्ठ
श्रीकृष्ण क्याम्पसमा सबिन श्रेष्ठ
सन्जिबनी क्याम्पस काभ्रेमा दीपक रानामगर
प्रभा क्याम्पस काभ्रेमा सुजन चौलागाईं
आदर्श जनता क्याम्पस सर्लाहीमा रेबेन्द्र दाहाल
बनगार्ड क्याम्पस सल्यानमा जीवन विष्ट
सिध्दपृथ्वी जनता क्याम्पस श्रीगाउँ दाङमा सुदीप चौधरी
सिंजा बहुमुखी क्याम्पस जुम्लामा सन्तोष आचार्य
सानोभेरी शिक्षा क्याम्पस रुकुमपश्चिममा वीरभान भण्डारी
स्यार्पु बहुमुखी क्याम्पस रुकुपश्चिममा टेकराज विश्वकर्मा
रोल्पा नमुना क्याम्पसमा ओनसरी घर्तीमगर
लिकु संयुक्त क्याम्पस डोल्पामा राजेन्द्र बुढा
अनेरास्ववियु निर्विरोध भएकाे क्याम्पसहरु :
धनकुटा बहुमुखी क्याम्पस
माडव्य क्याम्पस पाल्पामा सौगात कोइराला
शिक्षा क्याम्पस बैतडीमा अकबर चन्द
संखुवासभा बहुमखी क्याम्पसमा चेतन भण्डारी
तेज निरला क्याम्पस मुस्ताङमा अन्जु परियार
नवप्रभात क्याम्पस बैतडीमा सपना चन्द दर्छा
रामपुर क्याम्पस पाल्पामा अनिषा कोइराला
मंगला शिक्षा क्याम्पस म्याग्दीमा एल्डिस पुन
सेती क्याम्पसमा दीपेन्द्र दौल्याल
मैनापोखर शारदा बहुमुखी क्याम्पसमा सागर खत्री
दार्चुलाको लटिनाथ क्याम्पसमा रुकेशसिंह विस्ट
दार्चुलाको कृष्ण स्नातक क्याम्पस लालीमा ओमकार पाल
बैतडीको नव प्रभात संयुक्त क्याम्पसमा सपना चन्द
देवदह आदर्श बहुमुखी क्याम्पसमा अस्विन न्यौपाने
बुढिनन्दा क्याम्पसमा भाष्कर शाही
हिमशिखर बहुमुखी क्याम्पस सुर्खेतमा मीना रावत
धनकुटा बहुमुखी क्याम्पसमा युवा तिमिल्सिना
धुलिखेल क्याम्पसमा स्वागत चापागाईं
कुशादेवी क्याम्पस मोनिका हुमागाईं
जनक क्याम्पस सञ्जीव गिरी
सर्वमंगला क्याम्पस काभ्रेमा श्रीकृष्ण भट्टराई
तेजगंगा क्याम्पसमा सुजन सापकोटा
जनआदर्श बहुमुखी क्याम्पसमा अनुज न्यौपाने
दिगाम आदर्श बहुमुखी क्याम्पस गुल्मीमा उषा पाण्डे
सिन्धु भ्याली क्याम्पस सिन्धुपाल्चोकमा सन्दिपा चौलागाईं
हिले क्याम्पस धनकुटामा विशाल टिन्टुङ
बर्दिया बहुमुखी क्याम्पसमा दुर्गा खत्री
सिम्ता बहुमुखी क्याम्पस सुर्खेतमा रुद्र रावत
जाल्पादेवी क्याम्पस धनकुटामा चेतराज पौडेल
शारदा क्याम्पस सल्यानमा विश्व खड्का
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेको हो । केही क्याम्पसमा २०६५ सालयता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नै भएको छैन ।
काठमाडौं उपत्यकाका आंगिक तथा केही सम्बन्धन प्राप्त क्याम्पसमा तालाबन्दीका कारण चुनाव हुन सकेन । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा उम्मेदवारी दर्तापछि पनि तालाबन्दी भएको छ ।
त्यस्तैगरी, गाेरखाकाे आरुघाटमा रहेकाे भिमाेदय बहुमुखी र पालुङटारकाे भवानी बहुमुखी क्याम्पसमा पनि निर्वाचन स्थगित गरीएकाे छ ।


